Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

एक महिनाको मनसुन अवधिमा ३१ जनाको मृत्यु

एक महिनाको मनसुन अवधिमा ३१ जनाको मृत्यु

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।  

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७  घटनामा  २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ ।

समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट दुई करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  

यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् । बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ ।

चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077