काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच सम्झौता भएको छ ।
गृहमन्त्री रमेश लेखकको रहोबरमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार हवाई उद्धारका लागि सम्झौता भएको हो ।
समझदारीअनुसार संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क रूपमा हेलिकप्टर परिचालन गर्नेरगराउने व्यवस्था मिलाउने छ ।
त्यसैगरी विपद्को समयमा नागरिकहरूको जिउधनको सुरक्षा गर्न तत्काल खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा निजी हेलिकप्टर कम्पनीलाई सामाजिक उत्तरदायित्व बहन गराउँदै परिचालन गरिनेछ ।