अछाम । अछामको साँफेबगर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
साँफेबगर नगरपालिका-१४, पातलकोट निवासी ४१ वर्षीय बिर बहादुर साउदको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, भवन निर्माण गर्ने क्रममा बिजुलीको तारबाट छातामा करेन्ट लागेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि तत्काल बयलपाटास्थित न्याय हेल्थ अस्पताल लगिएको थियो ।
तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अछाम प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।