Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कञ्चनपुरमा र कैलालीमा ‘रेड अलर्ट’, मंगलबार बिहानसम्म उच्च सतर्कताका अपनाउन अनुरोध

कञ्चनपुरमा र कैलालीमा ‘रेड अलर्ट’, मंगलबार बिहानसम्म उच्च सतर्कताका अपनाउन अनुरोध

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले थप वर्षा हुन सक्ने जानकारी दिएको छ ।

वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू–भागमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ ।

त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११ः५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशका तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज ९सोमबार० देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077