Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

आज काठमाडौं उपत्यकासहित ३९ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

आज काठमाडौं उपत्यकासहित ३९ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेपालमा मनसुन सक्रिय रहेकाले केही दिनयता देशका धेरै स्थानमा वर्षा जारी छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) देशका विभिन्न ३९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सचेत गराएको छ ।

महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको जोखिम छ ।

त्यस्तै महाशाखाका अनुसार कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला बहने नदीहरुमा पनि बाढी आउन सक्ने सम्भावना छ ।

संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव पनि आज उल्लेखय बढ्ने र आकश्मिक बाढीको सामान्य जोखिम देखिएको छ । त्यसैले ती जिल्लाका नदी तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै रहने देखिए पनि बढ्ने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता आवश्यक छ ।

गएको २४ घण्टामा कञ्चनपुरको बेलौरीमा २०१ मिलिमिटर पानी परेको छ । यो निकै ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कैलाली, कञ्चनपुरलगायतका सुदूरपश्चिमका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077