Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, ६ जिल्लामा आवागमन बन्द

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, ६ जिल्लामा आवागमन बन्द

सोमवार , आषाढ १६, २०८२

कालीकोट । कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अन्तर्गत गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

शुभकालीका गाउँपालिका–१ दहिखोला नजिक रहेको गगने खोलामा माथिबाट पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

अविरल वर्षापछि आएको पहिरोका कारण गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

अहिले जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ।

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको जानकारी दिए।

पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको मेसिन मगाइएको छ।

सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु, बाजुरा, हुम्ला र सुर्खेत आवतजावत गर्ने मालबहाक तथा सार्वजनिक यातायातका साधन रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077