Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

आइतवार , आषाढ १५, २०८२

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा ती महिलाको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर अन्य दुई महिला घाइते भएका छन् । खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११ उरहरि घर भई माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

चट्याङ लागेर बेहोस भएकी थारूलाई उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते दुई महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077