Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

आज र भोलि भारी वर्षाको जोखिम : कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका १२ जिल्लामा हाई अलर्ट

आज र भोलि भारी वर्षाको जोखिम : कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका १२ जिल्लामा हाई अलर्ट

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन प्रदेशका १२ जिल्लामा अलर्ट जारी गरेको छ।

जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि १६ गते बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याएसँगै प्राधिकरणले शनिबार नै सूचना जारी गरेर अलर्ट जारी गरेको हो।

बंगालको खाडी तथा अरबको सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणाली विकास भएकाले नेपालको मौसमी प्रणालीमा त्यसको प्रभाव देखिएको विभागले बताएको छ।

यसैका आधारमा प्राधिकरणले लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, सल्यान र दैलेखमा सतर्कता अपनाउन भनिएको छ।

सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुरमा भारीदेखि धेरै भारी वर्षाको सम्भाव्यता औंल्याइएको छ।

अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने आकलन विभागको छ।

विभागले जारी गरेको सूचनामा भनिएको छ–‘२०८२ असार १४ गते शनिबार साँझ देखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077