Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पश्चिम नेपालमा भारी वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन अनुरोध

पश्चिम नेपालमा भारी वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन अनुरोध

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको अनुमान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्तापन प्राधिकरणले शनिबार बिशेष सूचना प्रकाशन गरी उच्च सतर्कताका लागि अनुरोध गरेको हो ।

प्राधिकरणका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, सल्यान र दैलेख तथा सुदुरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा भारी वर्षाको जोखिम छ ।

यो अवधिमा सकेसम्म यात्रा नगर्न, नदी किनारमा नजान तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरु सतर्क भएर बस्न प्राधिकरणले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077