Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

महाकाली सन्धि गलत थिएन, पञ्चेश्वर परियोजना पनि निकट भविष्यमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

महाकाली सन्धि गलत थिएन, पञ्चेश्वर परियोजना पनि निकट भविष्यमै पूरा हुन्छ : प्रधानमन्त्री ओली

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि कार्यान्वयन गर्ने पक्षमा म अझै रहेको बताएका छन् । महाकाली सन्धी गलत नभएको बचाउँदै उनले पञ्चेश्वर परियोजना निकट भविष्यमा पूरा हुने बताए ।

ओलीले भने–‘महाकाली सन्धि ठीक छ । कार्यान्वयन हुन्छ । नदी खोला बेचिएका थिएनन् । नेकपा एमाले राष्ट्रिय हित, स्वाधिनता बेच्ने होइन अलिकति तलमाथि हुन दिँदैन । त्यस्तो शक्तिलाई आरोप लगाइयो । नेकपा एमालले यसलाई सहँदैन ।’

नेकपा एमाले साधारण फलामको टुक्रा नभएको बताएका छन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेकपा एमालेविरुद्ध बारम्बार आरोपको खेती गर्ने काम भएको बताए ।

एमाले सिद्धान्त, विचार र संगठनको स्पात भएको बताए । ओलीले भने–‘एमाले किञ्चित तलमाथि हुँदैन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो । नेकपा एमाले भकिम्लाको काठ होइन, स्पातबाट बनेको हो ।’

दुनियाको वामपन्थी आन्दोलनमा असाधारण शक्ति रहेको एमाले आफैंमा एउटा शक्ति भएको दावी गर्दै उनले भने–‘नेकपा एमाले झुसे बारुलो थिएन, चिभे चराले चिललाई लखेटेर टोकेर हैरान बनाइदिन्छ । आकार हेरेर मात्र हुँदैन विचारको दम, उद्देश्य र प्रतिबद्धता हेर्नुपर्छ । सही नेतृत्व, सही विचारलाई अंगिकार गर्न प्रतिबद्ध छ कि छैन ? हेर्नुपर्छ ।’

एमालेको विरोध मदन भण्डारीले नेतृत्व गर्दा समेत भएको बताउँदै ओलीले भने–‘उसबेला पनि मदन भण्डारीलाई भनिएको हो । फुत्त दुलाभित्रबाट निस्किएर नेता हुन पाइन्छ ? उहाँ भूमिगत आन्दोलन र संघर्षबाट आउनु भएको थियो । त्यो कुरा नबुझिएको हो । मदन भण्डारीलाई चारित्रिक आरोप लगाइयो । ४ वटी श्रीमती छन् भनियो । दुरबोली लगाइयो । सहकारीको ठग हो भनियो । शतप्रतिशत झुठ र लाञ्छना आरोप लगाइयो । अनेक सिलसिला चल्यो ।’

त्यतिबेला पनि पार्टीले आरोपको सामना गरेको बताउँदै उनले भने–‘पार्टीमा अनेक विभाजन गरियो । नक्कली इस्यु, महाकाली इस्यु त्यतिबेला राष्ट्रवादको आडम्बरी नक्कली दम नभएको इस्यु निकालेर पार्टी फुटाइयो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077