Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

मेलम्चीमा बस पल्टियो, आठजना घाइते

मेलम्चीमा बस पल्टियो, आठजना घाइते

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, रामपुर बेँसीमा बस दुर्घटना भएको छ ।

सिन्धुपाल्चोककै भोताङबाट काठमाडौंतर्फ आउँदो गरेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दिउँसो करिब १ बजे मेलम्ची बजारपारि दुर्घटना भएको हो । दुर्घटनामा आठ यात्री घाइते छन् ।

बस मेलम्ची नदी किनारमा पल्टिएको थियो । घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । ६ जना ‘सामान्य’ घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077