Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

शनिबार साँझदेखि भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

शनिबार साँझदेखि भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । शनिबार साँझबाट भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि साँझबाट भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको हो ।

'१४ गते शनिबार साँझदेखि १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ।

वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनका लागि महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077