काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक गर्दै पूरक परीक्षा साउन २९ गते बिहीबारदेखि हुने जानकारी गराएको हो ।
अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् ।
बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।