Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

शुक्रवार , आषाढ १३, २०८२

नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता भएकी छिन् ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन् ।

उनको खोजी कार्यको लागि सशस्त्र प्रहरीको टोली खटिएको छ । साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारको लागि काठमाडौंतर्फ पठाएको छ ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारको लागि खटिएको छ । सो खोललो पशुचौपाया लगायत अन्य सामान बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077