Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

शुक्रवार , आषाढ १३, २०८२

भोजपुर । अरुण  भएका दुई बालिका अझै भेटिएका छैनन। उनीहरूको खोजी कार्य भने जारी राखिएको छ।

हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन्। बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

दुवै जना कक्षा ८ का विद्यार्थी हुन्। आफ्ना छोरीहरू बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए।

आफन्तले खबर गरेसँगै बालिकाहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताए।

खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077