Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

बिहिवार , आषाढ १२, २०८२

मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इञ्चार्ज सुजन लालचनले जानकारी दिए ।

उनका अनुसार, ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ । “हवाई यात्रु कम भएको र मौसम प्रतिकूलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो,” उनले भने ।

समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेसन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।

“अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077