Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालत निरीक्षण

प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालत निरीक्षण

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा आज सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानन्यायाधीश राउत नेतृत्वको निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गरेका थिए । उक्त टोलीले निरीक्षण भ्रमणका क्रममा जङ्गी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिका सम्बन्धमा जानकारी लिएको थियो ।

सो क्रममा प्रधानन्यायधीश राउतले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीहरुलाई विशेष निर्देशनसमेत दिएका छन्।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललगायतका पदाधिकारीहरु, रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077