Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो ।

जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् ।

उजुरीका विषयमा छलफल गर्न शुक्रबार बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको सभापति न्यौपानेले जानकारी दिइन् ।

उजुरीकर्तासँग छलफल गरेपछि असार १५ गते प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका पारित गरिएको छ ।

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077