Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

वीरगञ्जमा भोली रथयात्रा निकालिँदै, चैत ३० को घटना नदोहोर्‍याउन के गर्दैछ प्रशासन ?

वीरगञ्जमा भोली रथयात्रा निकालिँदै, चैत ३० को घटना नदोहोर्‍याउन के गर्दैछ प्रशासन ?

बिहिवार , आषाढ १२, २०८२

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले शुक्रबार निकालिने ‘गहवामाई रथयात्रा’ लाई लक्षित गरेर सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको जनाएको छ।

वीरगञ्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर पुर्ननिर्माण भएको १३ औं वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिदैंछ।

उक्त रथयात्रामा एक लाखभन्दा बढी भक्तजनहरु सहभागी हुने गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिको अनुमान छ।

वीरगञ्जमा गत चैत ३० गते निकालिको हनुमान जयन्तिको शोभा यात्राका क्रममा दुई फरक धर्म समुदायकाबीच झडप हुदाँ कर्फ्यु नै लगाउनु परेको थियो ।

त्यतिबेला वीरगञ्ज तीनदिनसम्म तनावग्रस्त बन्न पुगेको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुक्रबार निकालिन लागिएको ‘गहवामाई रथयात्रा’ का क्रममा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर वीरगन्जमा सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको बताएका छन्।

अर्यालले भने–‘रथयात्राको सुरक्षाका सन्दर्भमा स्थानीय प्रशासन र प्रहरी हाइ अलर्टमा छ। रथयात्राका क्रममा प्रयाप्त सुरक्षाकर्मी परिचालन गरिन्छ।’

बिहीबार बिहानपनि आफूसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखको टोलीले रथयात्राले परिक्रमा गर्ने रुटहरूमा स्थलगत निरीक्षण गरेर सम्भावित जोखिमहरुबारे स्केनिङ गरेको अर्यालले बताए।

गहवामाई रथयात्रालाई नै लक्षित गरेर केहि दिन अघि नेपाल प्रहरी मधेस प्रदेश प्रमुख डीआइजी उमा चर्तुवेदीलेपनि वीरगन्जको स्थलगत निरीक्षण गरेर रथयात्राका बारेमा जानकारी लिएका थिए।

त्यसैबेला उनले रथयात्राको सुरक्षामा कुनै कमी हुन नदिन र रथयात्रा अवधिभर उच्च सतर्कता अपनाउन मातहतका सुरक्षा निकायका जिल्ला प्रमुखलाई निर्देशनपनि दिएका थिए।

गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले पनि रथयात्रामा नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय शहरबाट गरेर एक लाखभन्दा बढी भक्तजन आउने बताएका छन्।

रथयात्राको तयारी बारे जानकारी दिन बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले सुरक्षाकै विषयलाई लिएर सुरक्षा निकायका प्रमुखहरूसँग पटक पटक छलफल गरिएको जानकारी दिए।

छलफलमा सुरक्षा निकायका प्रमुखहरुले पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने प्रतिबद्धता जनाएको उनले बताए।

‘गहवामाई रथयात्रा’ का लागि वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शुक्रबार बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077