Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न अदालतको आदेश

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

बुधबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।

धरौटी बुझाउन नसके उनी जेल चलान हुनेछन् । बैंक ग्यारेन्टी बुझाएर उनी रिहा हुने तयारीमा छन् ।

काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

अदालतले गरेको म्याद तामेलीपछि नेपाल आज बिहान आफैँ उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077