Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

टिकटक बनाउने खोलामा हाम फालेका युवकको शव दुई दिनपछि फेला

टिकटक बनाउने खोलामा हाम फालेका युवकको शव दुई दिनपछि फेला

बुधवार , आषाढ ११, २०८२

कपिलवस्तु । टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेर बेपत्ता भएका एक भारतीय युवकको शव दुई दिनपछि फेला परेको छ।

शुद्धोधन गाउँपालिका–६ स्थित बेती खोलामा सोमबार दिउँसो बेपत्ता भएका भारतको उत्तरप्रदेश निवासी २१ वर्षीय इसहाक मुसलमानको शव बुधबार बिहान फेला परेको हो ।

इलाका प्रहरी कार्यालय पकडीका अनुसार इसहाक सोमबार करिब ४ बजे आफ्ना दुई साथीसँग नुहाउन गौरास्थित बेती खोलाको ड्याम पुगेका थिए।

सोही बेला टिकटक भिडियो बनाउन उनले ड्यामबाट खोलामा हाम फाले । तर त्यसपछि बाहिर निस्कन नसकी बेपत्ता भएका थिए। उनका साथीहरूले उक्त घटनाको भिडियो खिचिरहेका थिए ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी कार्य तीव्र पारेको थियो । बरामद गरिएको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077