Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बजेट समयमै ल्याउन असफल मेयर बालेनलाई तर्जुमा समितिको ध्यानाकर्षण

बजेट समयमै ल्याउन असफल मेयर बालेनलाई तर्जुमा समितिको ध्यानाकर्षण

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन शाहलाई कार्यपालिका बैठक तत्काल बोलाउन आग्रह गरेको छ ।

बुधबार बसेको समितिको बैठकले पटक–पटक आग्रह गर्दा पनि मेयरले बेवास्ता गर्दै बजेट प्रक्रिया अघि नबढाएको भन्दै गम्भीर आपत्ति जनाउँदै कार्यपालिकाको बैठक बोलाउन ध्यानाकर्षण गराएको हो ।

समितिका सदस्य एवं प्रवक्ता नवीन मानन्धरका अनुसार मेयर शाहकै समन्वय अभावका कारण महानगरले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेन ।

हालको कानुनी व्यवस्थाअनुसार सबै स्थानीय तहले आर्थिक वर्षको बजेट असार १० गतेभित्र सभामा पेश गरिसक्नुपर्नेछ । तर, मुलुकका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले मात्रै तोकिएको समयसीमा तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077