Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

इरानबाट थप ७ नेपाली आज स्वदेश फर्किँदै

इरानबाट थप ७ नेपाली आज स्वदेश फर्किँदै

बुधवार , आषाढ ११, २०८२

काठमाडौं । आज इरानबाट थप ७ जना नेपाली स्वदेश फर्किदैछन् । भारतको सहयोगमा इरानबाट उद्धार गर्ने क्रममा थप ७ नेपाली बुधबार स्वदेश फर्किन लागेका हुन् ।

इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ जना र अपराह्न थप ३ जना फर्किन लागेका हुन् ।

दिउँसो दिल्ली हुँदै फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् ।

अन्य तीन जनामा यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल रहेका छन् ।

उनीहरू मंगलबार नै फर्किने तयारी भए पनि एक्जिट परमिट नहुँदा रोकिएका थिए । परमिट भएका बुटवलका सुमन गैरे र गणेश पोखरेल चाहिँ मंगलबार नै फर्किएका थिए ।

भारतीय दूतावासको सहयोगमा उद्धार गरिने भएपछि उनीहरू आफू बसेको स्थानबाट बसमा यात्रा गरेर मसहदस्थित विमानस्थलसम्म आइतबार पुगेका थिए ।

फिर्ता आउन लागेका नेपालीहरू कोही दूतावास त कोही रेष्टुरेन्टमा काम गर्दै आएका थिए । सरकारले इजरायलमा रहेर स्वेदश फर्किन चाहने नेपालीलाई समेत उद्धार गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077