धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ सेतोपुलमा शनिबार राति करिब ११ बजे भएको मोटरसाइकल दुर्घटनामा जोशीपुर गाउँपालिका–४ घर भएका २६ वर्षीय रुद्र चौधरीको मृत्यु भएको हो ।
दुर्घटनापछि उनी गम्भीर घाइते भएका थिए । चौधरीले चलाएको सुपप्र०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका चौधरीलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो। तर, उपचारका क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप थप अनुसन्धान थालेको छ ।