Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

इजरायलबाट फर्कन ९५० नेपालीले टिपाए नाम, दुईजना दिल्ली पुगे

इजरायलबाट फर्कन ९५० नेपालीले टिपाए नाम, दुईजना दिल्ली पुगे

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । इजरायलमा रहेकामध्ये ९५० भन्दा बढी नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएका छन् ।

सरकारले इजरायलबाट फर्कन चाहने नेपालीलाई अनलाइनबाट नाम दर्ता गर्न आह्वान गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म उनीहरूले अनलाइन फाराम भरेका हुन् ।

इजरायल र इरानबीच द्वन्द्व बढेपछि इजरायलबाट नेपाल फर्कन चाहने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

मंगलबार दिउँसो, इरानमा रहेका १६ नेपालीमध्ये दुईजना मशहदबाट नयाँदिल्ली हुँदै नेपालतर्फ हिँडेका छन् । बाँकी १४ नेपालीलाई पनि उद्धारको प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077