Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

दर्ता नभएका सामाजिक सञ्जालको अध्ययन गरिरहेका छौँ : सञ्चारमन्त्री गुरुङ

दर्ता नभएका सामाजिक सञ्जालको अध्ययन गरिरहेका छौँ : सञ्चारमन्त्री गुरुङ

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नैपर्ने बताएका हुन् ।

सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा पनि सामाजिक सञ्जालहरूले दर्ता नगरेको बताएका छन्।

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक तयार पारिसकेपछि पनि ‘सामाजिक सञ्जाल प्लेटफर्म अहिले पनि दर्तामा नआएको बताउँदै उनले भने, ‘ तीन पटक हाम्रो मन्त्रालयले दर्ता गर भनेर आह्वान गरेको थियो, उनीहरू आएका छैनन्। त्यसकारण अहिले हामी अध्ययन गरिरहेका छौँ।’

कम्युनिटी गाइडलाइन र फ्याक्ट चेकिङका माध्यमबाट उनीहरूको कन्टेन्ट जाँच गर्ने व्यवस्था गर्न लागेको भन्दै उनले विधेयक पास भइसकेपछि यो समस्या समाधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077