Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मधेश प्रदेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोड बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४६ अर्ब ५८ करोड बजेट

आइतवार , आषाढ १, २०८२

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ ।

प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गरेका हुन् ।

मधेश प्रदेश सरकारले चालूतर्फ १६ अर्ब ७२ करोड ०५ लाख १७ हजार रुपैया अर्थात ३५.८९ प्रतिशत, पूँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रुपैया अर्थात ६४.११ प्रतिशत विनियोजन गरेको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा ६.१३ प्रतिशत बढीले आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको हो ।

बजेटमा भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077