Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्री काफ्लेले एक अर्ब बजेट थप्न दबाब दिएपछि अर्थसचिव सम्पर्कविहिन, बजेट नै अन्योलमा

मन्त्री काफ्लेले एक अर्ब बजेट थप्न दबाब दिएपछि अर्थसचिव सम्पर्कविहिन, बजेट नै अन्योलमा

आइतवार , आषाढ १, २०८२

हेटौंडा । बागमती प्रदेश सरकारमा बजेटको आकारका विषयमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नै विवाद भएको छ ।

शनिबार राती भएको घटनाको विषयलाई लिएर सत्ता साझेदार दलबीच विवाद भएको हो । जसका कारण तीन बजेका लागि बोलाइएको बैठक सात बजेका लागि सारिएको छ ।

शनिबार राती बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको अन्तिम तयारी गरिरहँदा मन्त्री र सचिवबीच भनाभन भएको खुलेको छ ।

बजेटको अन्तिम तयारी गरिरहेका को कार्यकक्षमा पुगेर आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र मन्त्रीको सचिवालयमा रहेका केही कर्मचारीहरुले उनीमाथि दुर्व्यवहार गरेको स्रोतको दाबी छ ।

मन्त्री काफ्लेले सचिव मैनालीलाई बजेट हाल्न अनुचित दबाब दिएको र त्यस प्रस्तावको अस्वीकार गर्दा उनीमाथि दुर्व्यवहार भएको बताइएको छ । दुर्व्यवहारपछि सचिव मैनाली सम्पर्कविहीन भएको एमाले नेताहरूले आरोप लगाएका छन् ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच बजेटको आकार ६८ अर्बभन्दा बढी नबनाउने भद्र समझदारी बनेको थियो । तर, प्रभावशाली मन्त्रीहरुको दबाबमा ७२ अर्ब पुर्‍याउने तयारी भएपछि विवाद बढेको हो ।

तर, मन्त्री काफ्लेले सचिव मैनालीलाई १ अर्ब बजेटका लागि दबाब दिएको स्रोतको दावी छ ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले ६८ अर्बभन्दा बढी बजेट बढाउन नपाइने गरी कांग्रेससँग सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077