Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगामी आर्थिक वर्षको बजेट आकार ५.५ प्रतिशतले वृद्धि गरिएको छ : अर्थमन्त्री पौडेल

आगामी आर्थिक वर्षको बजेट आकार ५.५ प्रतिशतले वृद्धि गरिएको छ : अर्थमन्त्री पौडेल

आइतवार , आषाढ १, २०८२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटको आकार ५.५ प्रतिशतले वृद्धि गरिएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले जेठ १५ गते संसद्‌मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका थिए ।

कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेटको आकार करिब २८ प्रतिशत रहेको भन्दै उनले सामान्यतयाः जीडीपीको ३० प्रतिशतसम्मको बजेट आकारलाई यथार्थपरक मान्ने चलन रहेको बताए ।

पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको, अन्तरसरकारी वित्त हस्तान्तरणमा वित्त आयोगबाट निर्धारण गरिएको सीमाभन्दा करिब चार अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने सन्दर्भमा यसका केही पृष्ठभूमिहरू रहेको भन्दै अर्थमन्त्री पौडेलले चर्चा गर्न थालेका थिए ।

आफ्ना पूर्ववर्ती वर्षमान पुनले ल्याएको चालु आर्थिक वर्षको बजेटतिर अर्थमन्त्री पौडेल केन्द्रित भए ।

चालु आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य ३१ प्रतिशतले प्रस्ताव गरिएको, चालु आर्थिक वर्षको सुरुमा २२५ अर्ब सरकारी कोष ऋणात्मक अवस्थामा रहेको, साँवा र ब्याजको भुक्तानीका लागि राजस्वको ३५ प्रतिशत हिस्सा खर्च हुने अवस्था रहेको,बहुवर्षीय दायित्व करिब ६ खर्ब रुपैयाँभन्दा माथि रहेको पौडेलले उल्लेख गरे ।

अनिवार्य दायित्व नै करिब १३ खर्ब पुगेको अवस्था रहेको र चालु आर्थिक वर्षको बजेटमा न्यून विनियोजन गरिएका तलब, पेन्सन, कैदीबन्दीको सीदा लगायतका चालु खर्चमा न्यून विनियोजन गरिएको रकमको आकार करिब २५ अर्ब रहेको पनि अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077