खोटाङ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले फेरि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने टिप्पणी गरेका छन् ।
शनिबार हलेसीमा आयोजित एक कार्यक्रममा कोइरालाले यस्तो टिप्पणी गरेका हुन् । उनले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए ।
‘राजनीतिमा नैतिकता भन्ने कुरा अत्यन्त महत्वपूर्ण हो, राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्दै जान्छ, त्यसले राजनीतिलाई कमजोर बनाउँदै जान्छ,’ राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हुनु पर्छ’, उनले भने ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन् । उनको राजीनामा माग गर्दै विपक्षी दलले पनि संसद अवरोध गरिरहेका छन् ।