Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर, १२ अर्ब डलर घाटा

पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर, १२ अर्ब डलर घाटा

शनिवार , जेठ १८, २०८२

काठमाडौं । पाकिस्तानमा तस्करीका कारण १२ अर्ब डलर घाटा लागेको छ ।

तस्करी बढ्दै गएपछि पाकिस्तानी अर्थतन्त्रमा ठूलो असर परिरहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

बजार अर्थतन्त्रका लागि नीति अनुसन्धान प्रतिष्ठानले अवैध व्यापारविरुद्ध बहुराष्ट्रिय साझेदारीसँगको सहकार्यमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा तस्करीका कारण पाकिस्तानले हरेक वर्ष १२ अर्ब १० करोड डलर गुमाउने गरेको उल्लेख छ ।

यो पाकिस्तानको कुल ग्राहस्थ उत्पादनको ३.५ प्रतिशत हो । यसबाट पाकिस्तानले प्राप्त गर्नुपर्ने राजश्वमा ठूलो धक्का लागिरहेको जनाइएको छ । तस्करीका अधिकांश घटना अफगानिस्तानसँगको व्यापारमा हुने गरेको इस्लामखबरले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार अफगानिस्तान पारवहन व्यापार सुविधाको क्षेत्रमा ३ अर्ब ५६ करोड डलर बराबरको तस्करी हुने गरेको छ ।

भूपरिवेष्ठित मुलुक अफगानिस्तानका लागि पाकिस्तानले यस्तो पारवहन सुविधा प्रदान गरेको हो ।

अफगानिस्तानका लागि लगिने सामानका कन्टेनर बीच बाटोबाटै गायब हुने गरेको पाइएको छ । ती सामानको पाकिस्तानी बजार मै कारोबार हुने गरेको छ ।

यसबाट पाकिस्तानको ढुकुटीमा कुनै कर जाँदैन ।

यसबाहेक, पाकिस्तानमा विदेशबाट पेट्रोल, सुर्तीजन्य वस्तु, औषधि पनि तस्करी हुने गरेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077