Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अछाममा लोकमानले लगाए जगतबहादुरको घरमा आगो, लुकेको अवस्थामा पक्राउ

अछाममा लोकमानले लगाए जगतबहादुरको घरमा आगो, लुकेको अवस्थामा पक्राउ

शनिवार , जेठ १८, २०८२

अछाम । अछाममा एक घरमा आगजनी गरिएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ६ स्थित नावली बाईगाउँ टोलमा लोकमान खत्रीले स्थानीय जगत बहादुर खत्रीको घरको छानोमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घटना जेठ १४ गते राति करीब ९ः३० बजे भएको हो । आगलागीबाट घरको छानोमा राखिएको नल र पराल जली नष्ट हुनुका साथै छानो पूर्ण रूपमा क्षति भएको जनाएको छ ।

घटनापछि फरार रहेका लोकमान खत्रीलाई प्रहरीले खोजतलास गरी घटनास्थलकै वडा नं. ६ स्थित निजको घरबाट पक्राउ गरेको छ ।

उनीमाथि आपराधिक उपद्रव (अपराधिक गतिविधि) गरेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077