Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

शनिवार , जेठ १८, २०८२

धनगढी । धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा बैतडीको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको उक्त टिप्परले बाटो काट्ने क्रममा विष्टलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्‍याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको हो । हाल उनको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077