Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री वाङबीच हङकङमा भेटवार्ता

परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री वाङबीच हङकङमा भेटवार्ता

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भेटवार्ता भएको छ।

अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रको रूपमा सहभागी हुन पुगेकी मन्त्री राणाले विदेशमन्त्री वाङसँग औपचारिक भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारसहित यस वर्ष दुवै देशले मनाइरहेका नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षबारे कुराकानी भएको छ ।

भेटवार्तामा वाङले प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनमा नेपालले अग्रसरता लिनुपर्ने बताएका थिए ।

जवाफमा मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा लामो समयदेखि चीनले गरेको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् ।

७०औँ कूटनीतिक सम्बन्ध स्थापनाको अवसरलाई विशेष बनाउँदै मन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077