Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

वैदेशिक पर्यटन निरुत्साहित गर्न लाग्दै आएको ५ प्रतिशत कर खारेज

वैदेशिक पर्यटन निरुत्साहित गर्न लाग्दै आएको ५ प्रतिशत कर खारेज

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सरकारले विदेश भ्रमण जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्ष २०८२/८३ देखि लागु हुने गरी हटाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक २०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन् ।

कोरोना महामारी लगत्तै अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दबाबका कारण सरकारले वैदेशिक पर्यटन निरुत्साहित गर्न विदेश भ्रमणमा जाने नेपालीका लागि ५ प्रतिशत शुल्क उठाएको थियो ।

सरकारले २०८० देखि लगाउँदै आएको यस्तो शुल्क २ वर्षपछि खारेज गरेको हो ।

तर, आगामी आव २०८२/८३ को आर्थिक विधेयकमा उक्त व्यवस्था नै हटाइ संसद्‍मा दर्ता गरिएको छ ।

आर्थिक ऐन २०८० को दफा २० र आर्थिक ऐन २०८१ को दफा २२ मा वैदेशिक भ्रमण शुल्क सम्बन्धी व्यवस्था थियो ।

सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने २५ हजार भारु सीमा हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077