Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सभापतिले अनुशासन समितिको बैठक बोलाएपछि ११ महिनाको संवादहिनता तोड्दै शेखर र गगनबीच भेट

सभापतिले अनुशासन समितिको बैठक बोलाएपछि ११ महिनाको संवादहिनता तोड्दै शेखर र गगनबीच भेट

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । विगत ११ महिनादेखि संवादमा नरहेका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आज भेटवार्ता भएको छ ।

पार्टीको १४ औँ महाधिवेशनमा एउटै समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई नेताबीच लामो समयसम्म संवाद भएको थिएन ।

भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकको बारेमा एउटै अभिब्यक्ति दिएका कोइराला र थापाले आज भेटवार्ता गरेका हुन् ।

गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएका कारण डा. कोइरालालाई कांग्रेस पदाधिकारी बैठकमै स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको थियो ।

काग्रेस नेता शशांक कोइरालाले शेखरलाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका थिए ।

त्यसपश्चात कांग्रेसका महामन्त्री थापाले ढिलै भएपनि गृहमन्त्रीको बारेमा मुख खोलेका थिए ।
दुबै नेतामाथि संवाद गर्न नेता–कार्यकर्ताहरूको दबाब थियो ।

उक्त भेटमा केन्द्रीय सदस्यहरू सञ्जयकुमार गौतम र राजीव कोइराला सहभागी भएपनि काइराला र थापाबीच केहीबेर एक्ला–एक्लै (वान टु वान) वार्ता भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले अनुशासन समितिको बैठक बोलाएपछि त्यसअघि कोइराला र थापाबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077