Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राइड सेयरिङको कानुनी मान्यता दिएपछि यातायात व्यवसायीहरू आन्दोलित

राइड सेयरिङको कानुनी मान्यता दिएपछि यातायात व्यवसायीहरू आन्दोलित

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन्।

सरकारले सेल्फ ड्राइभ सेवा समवन्धी नियमावली सार्वजनिक गरेपछि यसको विरोधस्वरूप यातायात व्यवसायीहरूले सवारी साधन सञ्चालन गरेका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन्।

यस विरोधका कारण आज बिहानैदेखि गण्डकीमा ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा अवरुद्ध छन्।

निजी सवारी साधनलाई सार्वजनिक सरह प्रयोग गर्न दिने नीतिको विरोधमा आन्दोलन गरिएको सार्वजनिक यातायात व्यवसायीहरुले जनाएका छन् ।

व्यवसायीहरू १६ गतेदेखि गण्डकीभित्र र १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने चेतावनी दिइरहेका छन्।

गण्डकीका १६ हजार सार्वजनिक सवारी साधनहरू सञ्चालनमा छन् ।

प्रदेश सरकारले गत वैशाख ३० गते मन्त्रिपरिषदबाट पास गरेर राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा व्यवस्थापनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077