Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

यी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहनुका साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेशस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशीका केही स्थान, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077