Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग ठप्प

दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग ठप्प

शुक्रवार , जेठ १७, २०८२

बुटवल । वर्षासँगैको बाढीले विभिन्न ठाउँमा डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान परेको वर्षासँगैको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

दुम्कीबास र चोरमाराको बाढीले डाइभर्सन बगाएको छ भने पूर्वबाट पश्चितमतर्फ आउने दाउन्नेको ओरालोस्थित खुर्साने खोलामा पनि बाढीले सडकमा क्षति पुर्‍याएको छ ।

सडक अवरुद्ध भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न ठाउँमा सवारी साधन बाटोमै रोकिएका छन् ।

खोलामा पानीको सतह नघटेपछि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077