काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार तथा अन्य करहरू यथावत राखेको छ ।
बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ईभी गाडीमा लगाउँदै आएको कर यथावत रहेको बताए ।
विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न यस्ता सवारीसाधनमा लाग्दै आएका करलाई यथावत राखिएको पौडेलले बताए ।
सरकारले बजेटमार्फत भन्सार कर बढाउन सक्ने हल्लाका बीच व्यापारीहरूले धमाधम गाडी आयात गर्दा चोभारस्थित सुक्खा बन्दरगाह भरिभराउ भएको थियो ।