Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिने

आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने जनाएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइने बताए।

यस्तै झापाको भद्रपुर, दाङको टरिगाउँ, ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिने उनले जनाए। सुर्खेतमा प्रादेशिक विमानस्थलको प्रक्रिया थालिनेछ। आन्तरिक विमानस्थलको पूर्वाधारका लागि ५० करोड विनियोजन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077