काठमाडौं । सरकारले सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।
सिंचाइ प्रणालीको मर्मतमा एक अर्ब ८२ करोड विनियोजन गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड विनियोजन गरिएको पनि उनले जनाकारी दिए ।
ऊर्जा क्षेत्रको अनुसन्धान र विकासलाई प्राथमिकता दिइने, भूमिगत जलस्रोतको उपयोगलाई डिजिटाइजेसन गरिने, ऊर्जा सुरक्षाका लागि उत्पादन विविधकरण गरिने तथा जलायशयुक्त आयोजनालाई प्राथमिकता दिइने पनि उनले बताए ।
विद्युत्को उत्पादन, वितरण र प्रसारणमा निजी लगानीलाई प्रोत्साहन गर्ने पनि उनले बताए । विद्युत् निर्यात बढाउन कुटनीतिक पहल गर्ने पनि उनले बताए ।
ग्रीन हाइड्रोजनका लागि अध्ययन गरिने घोषणा पनि मन्त्री पौडेलले गरे ।