काठमाडौं । सरकारले त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन ४ अर्ब १५ करोड बजेट विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गरिने बताएका हुन् ।
उनले पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय विमानस्थल बनाइने घोषणा गरेको छ ।
गौतमवुद्ध विमानस्थललाई भने पर्यटक र श्रमिकहरूका लागि किफायती हुने गरी सञ्चालन गरिने अर्थमन्त्रीले बताए ।