काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने बताएका छन् ।
‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ ।