Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट सेयर, विदेशमा लगानी गर्न पाउने बाटो खुला

विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट सेयर, विदेशमा लगानी गर्न पाउने बाटो खुला

बिहिवार , जेठ १६, २०८२

काठमाडौं। सरकारले नेपाली नागरिकले विदेशी कम्पनीलाई सेवा उपलब्ध गराए स्वेट सेयर दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आव २०८२र८३ बजेट भाषणमा यस्तो घोषणा गरेका हुन् ।

उनले नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशेष प्रकारको सेवा उपलब्ध गराए स्वेट सेयर दिने कानूनी व्यवस्था गरिने बताएका हुन ।

उनले नेपाली व्यवसायीलाई विदेशमा बिक्री शाखा वा अर्ध प्रशोधित सामाग्री निर्यात गर्न प्रशोधित शाखा खोल्न दिइने बताए ।

उनले त्यसको वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गरिने उल्लेख गरे । अर्थमन्त्री पौडेलले व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्रै फिर्ता गर्नुपर्ने व्यवस्था गरिने बताए ।

बजेट भाषण गर्दै उनले भने–‘नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशेष प्रकारको सेवा उपलब्ध गराए बापत स्वेट सेयर लिन पाउने कानुनी व्यवस्था गरिने छ । लगानी बोर्ड मार्फत सार्वजनिक निजी साझेदारीमा झापा दमक औद्योगिक पार्क निर्माण गरिने छ ।’

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का
सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भने–‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी,कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077