Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

१ सय स्थानीय तहमा भूमि बैंक, ३ प्रतिशत ब्याजमा सहुलियतपूर्ण कर्जा

१ सय स्थानीय तहमा भूमि बैंक, ३ प्रतिशत ब्याजमा सहुलियतपूर्ण कर्जा

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ कोबजेट भाषणका क्रममा सो घोषणा गरे ।

जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग सहकार्य गर्ने र भूमि बैंकले स्थानीय तहसँग करार गरेर जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिने भएको छ ।

भूमिसम्बन्धी कानुनमा संशोधिन गरी आगामी आवभित्र लगत संकलन र प्रमाण संकलन गरी ५ लाख परिवारलाई जग्गाधनी पुर्जा प्रदान गरिने उनले घोषणा गरे ।

३ प्रतिशत ब्याजमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा
सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

उनीहरूलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077