Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रेस युनियनको ३४औं स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रेस युनियनको ३४औं स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेपाल प्रेस युनियनले आज आफ्नो ३४ औं स्थापना दिवस मनाउँदैछ ।

२०४८ जेठ १३ गते जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा नेपाल प्रेस युनियनको तदर्थ समिति घोषणा गरिएको थियो । त्यसै दिनसको सम्झनामा दिवस मनाउने गरिन्छ ।

अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले जेठ १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको थियो ।

यस अवसरमा पत्रकारको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी, स्थापना दिवसको दिन दीप प्रज्वलन, अस्पतालका विरामीलाई फलफूल वितरण, पुरस्कार वितरण, पत्रकार तथा अन्य सरोकारवालासँग मैत्रीपूर्ण खेलकुद लगायत कार्यक्रम आयोजना गर्न शाखाहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077