काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्ण तिमिल्सिना नियुक्त भएका छन् ।
सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तिमिल्सिनालाई परिषद्को कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ ।
साथै सरकारले सहसचिव भुपाल बराल र दिनानाथ मिश्रलाई सचिवमा बढुवा गरेको छ।