Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

यी चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन अनुरोध

यी चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन अनुरोध

सोमवार , जेठ १३, २०८२

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, सुदूरपश्चिम, मधेस र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

उनका अनुसार देशभर बदली हुँदा दिउँसो कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077