Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्छौं : ज्ञानेन्द्र शाही

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्छौं : ज्ञानेन्द्र शाही

आइतवार , जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १३ जेठमा गृहमन्त्री रमेश लेखकको र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने भएको छ ।

पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत जेठ १३ गते बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्ने बताएका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्ने जानकारी दिए ।

यस्तै भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश ब्रजाचार्यले घुस लिएको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री दुवैको राजीनामा मागिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077